महँगोमा बिके सन्दीप, ५ हजारबाट सिधै ७० हजार डलर


काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२०० मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडोस ट्रिडेन्टसबाट खेल्ने भएका छन्।

प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार अमेरिकि डलर खर्चीन तयार भएको हो । अघिल्लो सिजन ५ हजार डलरमा विक्री भएका उनी यसपटक भने महँगैमा विक्री भएका हुन।

सिपिएल टि–२० को अघिल्लो सिजनमा सन्दीप सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सबाट खेलेका थिए।

सिपिएल ड्राफ्टअन्तर्ग सन्दीप पाँचौं चरणमा चुनिएका हुन्। आगामी अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग आयोजना हुँदैछ।