ओमानी लेखिका जोखालाई बुकर प्राइज


लन्डन,(एजेन्सी)
ओमानी लेखिका जोखा अल्हार्थीले यस वर्षको म्यान बुकर इन्टरनेसनल प्राइज जितेकी छिन् , यो पुरुस्कार जित्न ेउनी पहिलो अरवी महिला भएकी छिन् । उनको उपन्यास ‘सेलेसियल बडिज’ ओमानको सामाजिक परिवर्तनसंग सम्बन्धित तिनजना दिदीबहिनी र तिनका परिवार माथि केन्दि«त रहेको छ ।

यस पुरुस्कार निर्णय समितीका सदस्यहरुले यो उपन्यास अत्यन्तै कल्पनाशिल , मनमोहक र सचेतना फैलाउने किसिमको भएको बताएका छन् । अल्हार्थीले प्राप्त गर्ने ६३ हजार अमेरिकी डलर धनराशिको यो पुरुस्कार आफ्ना अनुवादक अमेरिकन एकेडेमिक मार्लीन बूथसंग बाँड्ने भएकी छिन् ।

वेलायतको राजधानी लन्डनको राउण्डहाउसमा आयोजित पत्रकार सम्मेलनमा अल्हार्थीले भनेकी छिन् , ‘ धनी अरवी संस्कृति तर्फ एउटा झ्याल खुलेकोमा मलाई निकै खुशी लागेको छ । यो उपन्यास लेखन मलाई ओमानले प्रेरित गरेको हो । तर मेरो विचारमा अन्तर्राष्ट्रिय पाठकहरुले यस पुस्तकमा स्वतन्त्रता र प्रेम जस्ता मानविय मुल्यसंग पनि जोड्न सक्छन् । ’

स्कटल्यान्डको डिंगवल स्थित जम्मा चारजना पुर्णकालिन कर्मचारीले चलाउँदै आएको सानो कम्पनी तथा यसका प्रकासक स्यान्डस्टोन प्रेसका लागि पनि यो पुरुस्कार ठूलो उपलब्धि सावित भएको छ । यस कम्पनीले वर्षको २० देखि २५ वटा पुस्तक प्रकासित गर्दै आएको छ । स्यान्डस्टोनका प्रवक्ताले भनेका छन् , ‘ यस पुरुस्कार विजयीको कारण हाम्रो टोलि निकै खुशी भएको छ । हाम्रा सम्पादिकाले सेलेसियल बडिजमा केहि विशेष चिज देखरेै होला यसको जमेरै वकालत गरेकी छिन् । यो परिवरका सदस्यहरु बिचको माया प्रेम र दुख तथा तिनीहरुले गुमाएका विषयवस्तुहरु समेटिएको एउटा राम्रो पुस्तक हो । हामीले सजिलैसंग संसार चियाउन सक्नु नै अदभुत कुरा भएको छ ।

यो उपन्यास अल– अवाफी नामक एक गाउँको कथा व्यथा हो । यसले ओमानको परम्परागत समाज देखि औपनिवेशिक – उत्तरार्धकाल सम्मको साँस्कृतिक विकास प्रत्यक्ष रुपमा भोगेका तीनजना दिदीबहिनीको कथा बोकेको छ । यसले आफ्ना जीवनशैलीमा अप्रत्याशित परिवर्तन ल्याउने प्रयासमा लागेका मध्यम वर्गिय ओमानीहरु माथि केन्दि«त रहेको छ ।

अल्हार्थी अंग्रेजी भाषामा आफ्नो कृति अनुवाद गराउन सफल पहिलो महिला ओमानी लेखिका हुन् । उनले एडिनवर्ग विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकी छिन् । यसअघि उनले अरवी भाषामा दुई वटा कथा संग्रह , एउटा बाल पुस्तक र तीनवटा उपन्यास लेखिसकेकी छिन् ।