समाचार छापेको भन्दै कालिकोटका पत्रकार रावलाई मार्ने धम्की

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । नरहरिनाथ गाउँपालिका–९ निवासी ३५ वर्षीय पत्रकार रमेश रावललाई सोही गाउँपालिका–८ का २८ वर्षीय विकास विष्टले मार्ने धम्की दिएका छन् ।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका छोरा समेत रहेका विष्टले पत्रकार रावललाई गााउँपालिकाले गाडी दुरुपयोग गरेको समाचार थाहा खवर अनलाइनमा छापेको भन्दै सोमबार फोन गरेर मार्ने धम्की दिएको पीडित पत्रकार रावलको आरोप छ । मोबाइल नम्बर ९८४३६५४२१७ बाट फोन गरी विष्टले रावलको पहिले समाचार लेख्ने हात काट्ने र पछि ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले वताएका छन् ।

गाउँपालिकाको गाडी दुरुपयोग गरेको भन्ने समाचार लेखेको आधारमा अध्यक्षका छोराले आफूलाई फोन गरी ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले बताएका छन्।

’केन्द्रको सरकार पनि आफ्नो पार्टीको भएको र स्थानीय सरकार पनि आफ्नै पार्टीको भएकाले जुनसुकै बेला पनि मार्न सकिने भन्दै आरोपीले धम्की दिएका हुन’ ।

पत्रकार रावलले जेठ ६ गते नै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । निवेदन दिएपछि पत्रकार धम्काउनेलाई प्रहरी मार्फत पक्राउ गरी कानूनी कार्वाही प्रक्रिया अगाडी वडाउने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्कीले वताए ।

यसैबीच, गाउँपालिकाका अध्यक्षका छोरा विष्टले धम्की दिएको स्वीका गरेका छन् । उनले समाचारको खण्डन गर्नुभन्दा पनि पत्रकारले गलत समाचार लेखेका कारण आफूले धम्की दिएको वताएका छन् ।