स्थानीय निकायका विभिन्न तिकडम: भीनपामा सञ्चालित यी हुन् ११ ओटा अवैध बोर्डिङ स्कुल

0
Shares

मनोज भट्ट, महेन्द्रनगर । नयाँ शैक्षिक सत्र ०७६ मा भीमदत्त नगरपालिकामा ११ ओटा निजी पुजीबाट सञ्चालित अर्थात संस्थागत विद्यालयले अवैधानिक कक्षा सञ्चालन गरेको भेटिएको छ । भीमदत्त नगरपालिकामा निङ्गलाशैनी स्रोतकेन्द्र अन्तरगत जम्मा ३७ संस्थागत (र्बोडिङ स्कुल) विद्यालय छन्, भने जिमुवा स्रोत केन्द्र अन्तरगत ३३ ओटा गरेर जम्मा ७० ओटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

भीमदत्त नगरपालिकामा रहेका संस्थागत(र्बोडिङ) विद्यालयहरु १५ प्रतिशतले अनुमति बिना नै माथिल्लो कक्षा सञ्चालन गर्दै आएको तथ्यांक भेटिएको हो । कुनै–कुनै विद्यालयहरुले ०७२ देखि नै अवैध(अनुमति बिना) माथिल्लो कक्षा सञ्चालन गरेको हाम्रो खोज अनुसन्धान बाट पाईएको हो ।

अनुमति विना अर्थात अवैध कक्षा सञ्चालन गर्ने ११ विद्यालयहरुमा निङ्गलाशैनी स्रोतकेन्द्र अन्तरगतको भीनपा १६ रहेको रेटिना बोर्डिङ स्कुल, आज भन्दा तीन वर्ष पहिला देखि ६ देखि ८ कक्षा सम्म उक्त स्कुलले सञ्चालन गरेको पाइएको छ ।


विद्यालयका सञ्चालक तथा प्रिन्सिपल तिलकदत्त भट्ट भने आफु संग कक्षा सञ्चालनको अनुमति भएको दाबि गर्छन् । तर भीनपाले गत माघ १४ मा नै सूचना जारी गर्दै उक्त कक्षा बन्द गर्न भनेको थियो । भीमदत्त नगरपालिका र शिक्षा विकास तथा समन्वय ईकाईमा हेर्दा सञ्चालक भट्टको विद्यालयको कक्षा ८ सम्म सञ्चालनको अनुमतिको अभिलेख नभेटिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दिपकराज कलौनीले बताए । तसर्थ रेटिना बोर्डिङ स्कुलले सञ्चालन गरेका उक्त कक्षा अवैध भएको भीनपाका शिक्षा शाखा अधिकृत हरिदत्त जोशीले बताए ।

भीनपा १४ मा रहेको सरस्वती विद्या मन्दिर । सरस्वती विद्या मन्दिरलाई भीमदत्त नगरपालिकाले ०७५ माघ २४ गते अनुमति बिना सञ्चालनमा रहेकोले पुरै विद्यालय नै बन्द गर्न सूचना जारी गरेको थियो । तर नयाँ शैक्षिक सत्र ०७६ मा भने नगरपालिकाले कुनै कारण नै नखुलाई एक देखि आठ सम्म विद्यालय सञ्चालनको अनुमति दिइएको पाईएको छ । जुन भीनपा र उक्त स्कुलको गतिविधि समेत संकास्पद देखिएको छ । भीमदत्त नगरपालिकाका शिक्षा शाखाका अधिकारि समेत यस सन्दर्भमा न त प्रमाण दिन सकि रहेका छन् । न, त विद्यालय वैधानिक नै हो, भन्न सकि रहेका छन् ।

निङ्गलाशैनी स्रोतकेन्द्र अन्तरगतका रेटिना, सरस्वती विद्या मन्दिर, तारापुञ्ज र बाल विद्या निकेतन हुन् । जिमुवा स्रोत केन्द्र अन्तरगतका रोज पब्लीक, सन्त टेरिजा, मेरीगोल्ड, जय अमरावती, ज्यानजोती र विवादित बनेका कञ्चन विद्या मन्दिर र ज्ञानबाटिका विद्याश्रम हुन् ।

भीमदत्त नगरपालिका १९ मा रहेको तारापुञ्ज बोर्डिङ स्कुलले यस शैक्षिक सत्र ०७६ मा कक्षा ७ सम्मको अनुमति पाएको छ । तर कक्षा ८ को पढाई ०७५ बाट नै गरेको पाइन्छ । अभिवावकको सल्लाह अनुसार र उनिहरुकै चापमा आफुले थोरै विद्यार्थी भए पनि ८ कक्षा सञ्चालन गर्नु परेको प्रिन्सिपल शेरसिंह खत्री बताउछन् । तारापुञ्जले दुई वर्ष देखि अवैध रुपमा कक्षा ८ सम्म पढाई रहेको हाम्रो अनुसन्धान तथा खोजमा भेटिएको हो ।


भीमदत्त नगरपालिका १३ मा रहेको बाल विद्या निकेतनले कक्षा ५ सम्मको अनुमति लिएर कक्षा ६ सम्मका कक्षा सञ्चालन गरिरहेको पाइन्छ । आफुले कक्षा ५ सम्म मात्रै विद्यालय सञ्चालन गरेको समाचार स्रोतलाई उक्त विद्यालयका प्रिन्सिपल कृष्ण साउँदले बताए पनि हाम्रो स्तलगत रिर्पोटबाट बाल विद्या निकेतनले कक्षा ६ को पढाई समेत सञ्चालन गरेको तथ्य भेटिन्छ ।

जिमुवा स्रोत केन्द्र अन्तरगत ३३ ओटा संस्थागत विद्यालयहरु छन् । जसमध्ये ५ ओटा विद्यालयहरु अनुमति बेगर माथिल्लो कक्षा सञ्चालन गर्न भेटिएका छन्, भने २ ओटा विद्यालयमा भीमदत्त नगरपालिकाको समेत संकास्पद भूमिका रहेको पाईन्छ । गाँउका चिया पसलमा चल्ने गोप्य खासखुसका अनुसार पैसाको कारोबार बाट भीनपाले बन्द गर्न भनेको एक महिना पछि विद्यालय सञ्चालनको अनुमति दिएको बुझिन्छ ।


भीमदत्त नगरपालिका ७ हल्दुखालमा रहेको रोज पब्लीक स्कुलले यस वर्ष भीमदत्त नगरपालिकाबाट ६ कक्षा सञ्चालनको अनुमति पाएको छ । तर गत वर्ष देखि नै उक्त विद्यालयले ७ कक्षा सम्मको पढाई सञ्चालन गरेको पाइएको हो । आफुले ७ कक्षा विद्यालय सञ्चालन गरेको प्रिन्सिपल उपेन्द्र प्रसाद जोशीले स्वीकार गरे ।

भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको सन्त टेरिजा ईङ्गलिस बोर्डिङ स्कुललाई ५ कक्षा सञ्चालनको मात्रै अनुमति छ, तर उक्त विद्यालयले कक्षा ६ समेत सञ्चालन गरेको पाइएको हो । सन्त टेरिजाले कक्षा ६ समेत पढाई रहेको सञ्चालक तथा प्रिन्सिपल गौरव धामीले स्वीकार गरे । तसर्थ उक्त विद्यालयको माथिल्लो कक्षा सञ्चालन अवैध पाईन्छ ।


भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको मेरीगोल्ड ईङ्गलिस बोर्डिङ स्कुललाई ३ कक्षा सम्म मात्रै कक्षा सञ्चालनको अनुमति छ, तर उक्त विद्यालयले बिगत तीन वर्ष देखि कक्षा ४ र ५ पनि सञ्चालन गर्दै आएको छ । आफु संग ५ कक्षा सम्म सञ्चालनको अनुमति भएको विद्यालयका सञ्चालक रमानन्द जोशी बताउछन् । तर भीमदत्त नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईमा उक्त विद्यालयको ३ कक्षा सञ्चालन बाहेक माथिल्लो कक्षा सञ्चालनको कुनै अभिलेख पाईदैन् ।

सञ्चालक रमानन्द जोशीले ०७३ मा २ कक्षा मात्रै सञ्चालनको अनुमति पाएको र ०७४ मा एकै चोटी ५ कक्षा सञ्चालनको अनुमति पाएको दाबि गर्छन् । जुन कुरा शिक्षा निर्देशिकाले समेत अवैधानिक प्रमाणीत गर्दै आएको छ । अनुगमन तथा नियमन गर्ने निकायले पछिल्लो समय प्रत्येक वर्ष १÷१ कक्षा मात्रै थप गर्ने व्यवस्था छ । तसर्थ मेरीगोल्ड ईङ्गलिस बोर्डिङ स्कुल समेत अवैध पाइन्छ ।

भीनपा ६ सुकासालमा रहेको जय अमरावती ईङ्गलिस बोर्डिङ स्कुललाई ४ कक्षा सञ्चालनको मात्रै अनुमति छ । तर उक्त विद्यालयले पनि ५ र ६ कक्षा अवैध रुपमा सञ्चालन गरिरहेको पाइएको हो । आफुले अनुमति ४ कक्षा सम्मको भए पनि ६ कक्षा सम्म विद्यालय सञ्चालन गरेको प्रिन्सिपल सम्भु भट्टले स्वीकार गरे । तसर्थ उक्त विद्यालयको माथिल्लो कक्षा सञ्चालन पनि अवैध मानिन्छ ।


भीमदत्त नगरपालिका १ भासीमा रहेको ज्ञानज्योती ईङ्गलिस बोर्डिङ स्कुलले पनि अवैध कक्षा सञ्चालन गरेको भेटिएको हो । ४ कक्षा सम्म सञ्चालन अनुमति भएर आफुले कक्षा ५ पनि सञ्चालन गरेको प्रिन्सिपल राजेन्द्र बिष्टले स्वीकारे । ज्ञानज्योतीले कक्षा ५ दुई वर्ष देखि अवैध रुपमा सञ्चालन गर्दै आएको छ ।

भीमदत्त नगरपालिकाले गत माघ २४ गते कञ्चनविद्या मन्दिर र ज्ञाबाटिका विद्याश्रमलाई समेत बन्द गर्नकालाई सूचना जारी गरेको थियो उक्त सूचना जारी गरेको एक महिना पश्चात भीनपाले दुवै विद्यालयलाई कारण नखुलाउँदै ५ कक्षा सम्मको सञ्चालन अनुमति दिएको पाइन्छ । तर भीनपा र उक्त विद्यालयहरु बिचको आर्थीक साटघाटबाट विद्यालय सञ्चालन अनुमति दिइएको केहि व्यक्तिको गुनासो छ । उक्त बिषय संकास्पद देखिएको छ ।