नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभको उद्घाटन गर्दै उहा“ले सो कुरा बताृनुभएको हो ।

नेपाल यतिखेर विदेशी प्रविधि र लगानीलाई भित्र्याएर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने क्रममा रहेको उल्लेख गर्दै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनसमेत कार्यान्वयनमा आइसकेको अर्थमन्त्री अतिवडाले बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा फ्रेन्चाइजमार्फत लगानी विस्तार गर्न सकिने विविध क्षेत्र रहेको र युवा जमात त्यसमा आकर्षित हुन सक्ने बताउनुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सम्मेलनमा नेपाल र भारतका व्यवसायीबीच छलफल हुने भएकाले लगानीका थप अवसरको खोजीका लागिसमेत प्रभावकारी हुने अपेक्षा राख्नुभयो । नेपालको पर्यटन, उद्योग, अस्पताल, होटललगायत क्षेत्रमा लगानीको उपयुक्त गन्तव्य भएकाले पनि भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय मार्केटमा आफ्नो विशिष्ट पहिचान बनाएका ब्रान्डहरूमा लगानी गर्ने रूची रहेका लगानीकर्ताहरूको सहभागिता छन् । एक्स्पोमा नेपालबाट अग्नि ग्रुप, टिव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रिम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङग्रा) हाउस प्रालि, शभा नेपाल र श्रीजयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता जनाएका छन् ।

त्यसैगरी भारतीय व्रान्डहरूमा नाइन किड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाय गरम, कपर चिम्नी, युक्लिन लगायतका रहने छन् । कार्यक्रममा दुवै देशका गरी करिब ६० वटा व्रान्डहरूले भाग लिनेछन् ।

कार्यक्रमको पहिलो दिन नेपालमा व्यवसाय र उद्यमशीलता विकासका लागि नया“ मार्गचित्र, नेपाललाई केले विशाल व्यावसायिक गन्तव्य बनाउन सक्छ, खुद्रा व्यवसायमा व्यावसायिक अवसर लगायतका पा“च विभिन्न विषयमा दुवै देशका सफल व्यवसायीहरूले आ—आफ्ना अनुभव आदानप्रदान गर्ने छन् ।
एक्स्पोमा विभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेसन, फुड र भेवरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसाय रहने छन् ।

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धनमार्फत बिभिन्न ब्रान्डमा लगानी गर्ने अवसर सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको हो । दुई दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले एक्स्पोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन् । एक्स्पोले व्यवसायमा सीधा र अप्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिलाई सहभागी हुन समेत आकर्षित गर्नेछ भने व्यावसायिक सञ्जाल विस्तार र लगानी आकर्षणमा समेत यो कार्यक्रम महŒवपूर्ण माध्यम बन्न सक्ने विश्वास प्रकट गरिएको छ ।