स्काभेटरमा आगजनी गरिएको घटनाको महासंघद्वारा भत्सर्ना

0
Shares

काठमाडौं, (नेस)
रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधीन सडकमा प्रयोग भएको स्काभेटरमा आगजनी गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत शहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा १ प ७३२४ नम्बरको स्काभेटरमा आगजनी गरिएको जेभी कम्पनीका मुख्य सञ्चालक सहदेव खड्काले बताउनुभयो ।

महासंघले मंगलाबार विज्ञप्ति जारी गरी आगजनीको घटनाको कडा शब्दमा भत्सर्ना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति दिन सरकार समक्ष माग गरेको छ । भौतिक पूर्वाधार निर्माणमा खटिएका निर्माण व्यवसायी र तथा उनीहरुको उपकरणको सुरक्षामा सरकारले चासो नदिँदा देशभरका व्यवसायीहरु त्रसित रहेकाले व्यवसायी तथा उनीहरुको उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले विज्ञप्तिमार्फत माग गरेको छ ।