नेप्सेले १३ सय बिन्दू नाघ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार रकम र परिसूचकमा उच्च वृद्धि भएको छ । यस दिन परिसूचक १४ दशमलव १२ अंकले बढेर १३१५ दशमलव ४५ अंकमा पुगेको छ ।

कुल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर एक अर्ब तीन करोड ७२ लाख ५८ हजार रुपिया“मा कारोबार भएको छ । समग्र परिसूचक दोहोरो अंकले वृद्धि भएको दिन व्यापार समूहमात्रै शेयर घटेको छ । यस दिन व्यापार समूह शून्य दशमलव १७ अंकले घटेको छ । बा“की समूहमध्ये बैंकिङ समूह १४ दशमलव अंक १४, होटल समूह १७ दशमलव ५७ अंक, विकास बैंक समूह ११ दशमलव ६० अंक, जलविद्युत् समूह २ दशमलव ५९ अंक, वित्त समूह २ दशमलव ६९ अंक, निर्जीवन बीमा समूह १४५ दशमलव ८४ अंक, उत्पादन समूह ८४ दशमलव ७१ अंक, अन्य समूह शून्य दशमलव शूनय ८ अंक, लघुवित्त समूह ९ दशमलव ५० अंक, जीवन बीमा समूह ४३ दशमलव शून्य ८ अंक र सामूहिक कोष समूह शून्य दशमलव शून्य ९ अंकले बढेको छ ।

मंगलबार राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको साधाणतर्फको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने संस्थापकतर्फको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यस्तै शिवम् सिमेन्टको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत, भार्गव विकास बैंकको ८ दशमलव १५ प्रतिशत, कृषि विकास बैंक ७ दशमलव ७७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ दशमलव १४ प्रतिशत, ओरियन्टल होटल ६ दशमलव ४२ प्रतिशत वृद्धि भएको छ ।

परिसूचक र कारोबार रकममा उच्च वृद्धि भएको भए पनि सूर्योदय लघुवित्त वित्तीय संस्था, जोशी हाइड्रोपावर कम्पनी, सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् । ती कम्पनीको शेयर मूल्य क्रमशः ७ दशमलव ५५ प्रतिशत, ५ प्रतिशत, ३ दशमलव ७१ प्रतिशतले घटको छ ।

यस दिन सबैभन्दा धेरै नेपाल बैंकको १० करोड ७९ लाख, शिवम् सिमेन्ट ८ करोड ४१ लाख, कृषि विकास बैंकको ७ करोड ८६ लाख, एनसीसी बैंकको ५ करोड ५२ लाख, प्राइम बैंकको चार करोड ८२ लाख रुपिया“को कारोबार भएको छ ।

मंगलबार ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १ दशमलव ५ बिन्दुले बढेर २७९ दशमलव ७४ अंकमा पुगेको छ ।