नेपाल र कम्बोडियाका चेम्बर अफ कमर्सबीच ९ बुँदे सम्झौता

0
Shares

काठमाडौं, (नेस)

नेपाल र कम्बोडियाका चेम्बर अफ कमर्सबीच ९ बु“दे सम्झौता भएको छ । दुई देशका प्रधानमन्त्रीको सहभागितामा नेपाल चेम्बर अफ कमर्स र कम्बोडियाबीच दुईपक्षीय व्यापारिक र विकास सम्झौता भएको हो ।

नेपाल चेम्बर अफ कर्मस र कम्बोडिया चेम्बर अफ कमर्सबीच सोमबार सो सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्सका उपाध्यक्ष लिम हेङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई देशको व्यापारिक विकास र वैदेशिक सम्बन्ध प्रगाढ र सुदृढ कायम गर्नका लागि सम्झौता भएको छ । दुई देशमा प्रचलित कानुन र नियमको ढा“चाभित्र बहुपक्षीय व्यापार सम्बन्धको थप विस्तारको दायरामो प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुवैको व्यापरिक समुदायबीच राम्रो सहयोग र समन्वयको भावनालाई जोड दिने पत्रमा उल्लेख छ ।

९ बु“दे सम्झौता पत्रमा दुई देशबीच आपसी सम्बन्ध सुमधुर, व्यापारिक विकास, वैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रदर्शन गर्ने उल्लेख गरिएको छ ।