आन्दोलनरत चिया मजदूर र उत्पादकबीच सहमति

0
Shares

काठमाडौं, (नेस)
पारिश्रमिक वृद्धिको माग राख्दै डेढ महिनादेखि आन्दोलनरत चिया मजदूर र चिया उत्पादकबीच सहमति भएको छ ।

सहमतिअनुसार चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकलाइ दैनिक आधारभूत तलब २३१, मह“गी भत्ता १५४ र कारखानामा काम गर्ने, नाइके तथा चौकीदारको अतिरिक्त भत्ता ४२ रुपिया“ चिया उत्पादकले प्रदान गर्ने भएका छन् ।

सहमतिपत्रमा नेपाल चिया उत्पादक संघका तर्फबाट वरिष्ठ सल्लाहकार छत्रबहादुर गिरी, चण्डीराज पराजुली र महासचिव शिवकुमार गुप्ता तथा आन्दोलनरत ट्रेड युनियनका तर्फबाट अखिल नेपाल चिया मजदूर संघका अध्यक्ष सीता सापकोटा र नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राईलगायतले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिपश्चात आन्दोलन मजदूरहरु अब काममा फर्किने भएका छन् । चियाको पहिलो पात टिप्ने बेलामा भएको चिया मजदुरहरुको आन्दोलन चियाको पहिलो पात छिप्पिएर गुणस्तरहिन हु“दा चिया उत्पादकलाई ठूलो नोक्सान भएको छ । साथै लामो समयसम्मको आन्दोलनका कारण दैनिक मजदुरी गर्ने निया मजदुरको जीवन कष्टर बनेको थियो ।