एनसेलले ल्यायो ट्राभलर्स सिम

0
Shares

काठमाडौं, (नेस)
एनसेलको ट्राभलर्स सिममार्फत भ्वाइस तथा डेटा बन्डलिङ सेवा लिन पाइने भएको छ ।
एनसेल प्रालिले मंगलबार (वैशाख ३१) देखि लागू हुने गरी ट्राभलर्स सिम योजना ल्याएको छ । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले ११० रुपिया“मा (कर सहित) ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् ।
पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधिअनुसार विभिन्न भोल्युमका कम्बो प्याकबाट फाइदा लिन सक्नेछन् ।

स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिम सहित ३० रुपिया“को मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३ सय एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वकभित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ ।

ट्राभलर्स सिमअन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकताअनुसार ४९० देखि १९६० रुपिया“सम्मका विभिन्न समय सिमा रहेका भ्वाइस तथा डेटा बन्डलिङ गरिएको कम्बो प्याक खरिद गर्न सक्नेछन् । यो योजनामा अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभि र सुपर गरी चार वटा विकल्प रहेका छन् ।

पर्यटकले ७ जीबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक करसहित मात्र ४९० मा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिनदेखि ७ दिनसम्म मान्य रहनेछ ।

मिडियम प्याकअन्तर्गत ग्राहकले करसहित ९८० मा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागि मान्य रहनेछ । त्यस्तै हेभी प्याकअन्तर्गत कर सहित १४७० मा २१ जिबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहनेछ ।

नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले करसहित मात्र १९६० रुपिया“मा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले २८ दिन समयसिमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् । ।

ट्राभलर्स सिम योजनाको कम्बो प्याक ग्राहकले एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।