महिला माथि हुने सबै प्रकारका हिंसा रोक्न मेरो मद्दत जारी छः उपराष्ट्रपति पुन


सञ्जय कार्की, रौतहट ।

उपराष्ट्रपति नन्द बहादुर पुनले सीताको जयन्तिले महिला माथि हुने सबै प्रकारको हिसा अन्त्य गर्न मदत पुग्ने बताउनु भएको छ ।

रौतहटको कटहरिया नगरपालिका द्धारा आज आयोजित जानकी जयन्ति समारोह लाई सम्बोधन गर्दै उहाले त्याग, समपर्ण, परिक्षण सबैका धनी सीताको स्मरण गर्नु मात्र पनि पुण्य हुने भएकाले यो जयन्तिले महिला लाई न्याय गर्न मदत पुग्ने बताउनु भएको हो ।

बहुजाती, बहुधार्मीक, सहितको भौगोलिकताले भरिएको हाम्रो मुलुक भित्रका समुदायको आफनै पहिचान छ भन्नु हुदै उहाले एकले अर्काको पहिचान स्वीकार्न सक्नु पर्दछ भन्नु भयो ।

ब्यबस्था परिबर्तन संगै मुलुकले स्थायी शान्ति र दिगो बिकास तर्फ अग्रसर रहेको बताउनु भयो । हरेक कालखण्डमा राजनीति अधिकारको लागि आन्दोलन भए अब बिकास र सम्बृध्दिको लागि संघर्ष गर्ने बेला आएको बताउनु हुदै उहाले हरेक नेपाली खुशी भए मात्र सम्बृद्ध नेपाल बन्ने भएकाले अब प्रदेश÷ प्रदेश बीच बिकासमा प्रतिस्पर्धा हुन जरुरी रहेको उहाले बताउनु भयो । भ्रस्टाचार, अनियमितता बिकासको बाधक र शत्रु भएकाले यस्को अन्त्यको लागि जनस्तर बाट खबरदारी गर्न जरुरी रहेको बताउनु भयो । सो जानकी जयन्ति समाारोहको लागि कटहरिया नगरपालिकाले नगरभित्रका सबै बिद्यालय लाई अनिबार्य बिद्यार्थी ल्याउन उर्दी जारी गरेको छ ।

साना बालबालबालिका समेत सो समारोहमा उपश्थित रहेका थिए । चार किलोमिटर टाढा रहेको स्कुलका बालबालिका लाई शिक्षक÷शिक्षिकाले एक घण्टा पैदल दुरी हिडाएर समारोह स्थल पुरयाएका थियो । उपराष्ट्रपति पुनले तराई मधेश जनयुध्द शहिद स्मृती प्रतिष्ठानको नबनिर्मित भबनको समेत उदघाटन गर्नु भएको हो ।

सो समारोहमा उपराष्ट्रपति पुनले रौतहट जिल्लाका स्थानीय तहमा बिजयी नगर प्रमुख/ उपप्रमुख महिला, शिक्षिका, नेपाल पत्रकार महासंघ रौतहटका महिला उपाध्यक्ष लाई आयोजकको तर्फ बाट सम्मान गर्नु भएको छ ।