अनलाइलनले अरुको चोर्नुको साटो मौलिक समाचार दिनुपर्छ– पूर्वप्रधानमन्त्री रेग्मी


काठमाडौं, (नेस) ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले अनलाइलनले अरुको चोर्नुको साटो मौलिक समाचार दिनुपर्ने बताउनुभएको छ । उहाँले अनलाइन समाचारलाई बढी विश्वसनीय बनाउन आवश्यक रहेको पनि औल्याउनुभएको छ ।
रेग्मीले २०२० लाई भ्रमण वर्षका रुपमा सफल बनाउन सबै मिडियाका साथै सर्वसाधारण सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

न्यूजलाइन्स् मिडियाको दोश्रो वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बक्ताहरुले अनलाइनले तत्काल सूचना दिने भएकाले यसको प्रभावकारिता बढेको बताए । तर छिटो सूचना दिने नाममा भइरहेका विकृति र आलोचनाको पनि ख्याल गर्न सुझाव दिए ।

न्यूजलाइन्स मिडियाको दोश्रो वाषिकोत्सव लेखिएको केक काटिनुका साथै समाजमा विभिन्न क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्ने १३ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा शिव अधिकारी (अविरल), माधव प्रकाश सुवेदी, कुमार चालिसे, शिवहरि खनाल, राजेन्द्र मर्हजन, विकास थपलिया, महेन्द्र अधिकारी, विष्णुमाया पौडेल, अबिनाश प्रसाईं, रामबहादुर थापा, मनिषा श्रेष्ठ, मनोजकुमार श्रेष्ठ (भरेल), नारायण रेग्मी रहेका छन् ।

कार्यक्रममा पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महत, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतको उपस्थिति थियो । विशिष्ठ अतिथि पाण्डेले समाज परिवर्तनमा मिडियाको उल्लेखनीय भूमिका हुने बताउनुभयो ।
उहाँले सबै प्रकारका आन्दोलन र परिवर्तनमा मिडियाले खेलेको भूमिकाको प्रसंशा पनि गर्नुभयो ।

सो अवसरमा न्यूजलाइन्स मिडियाद्धारा प्रकाशित स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा संस्थालाई सहयोग पु¥याउनेलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।