म्यूजिक नेपालका म्यानेजर पक्राउ

0
Shares

काठमाडौं । प्रहरीले म्यूजिक नेपालका म्यानेजर उत्तम थापालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको टोलीले उनलाई आइतबार दिउँसो अनामनगरबाट पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले थापालाई पक्राउ गरिएको पुष्टि गरे । प्रवक्ता बोगटीले थापालाई लमजुङकी सरिता सिलवालले कपि राइट मुद्दामा जाहेरी दिएको आधारमा पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।