घुस लिँदालिँदै समातिए किताबखानाका कम्प्युटर अपरेटर


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरी कितावखाना लैनचौर, काठमाडौंमा कार्यरत कम्प्युटर अपरेटर (नायव सुव्वा) सुरज केसीले निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनको लागि सोवाग्राहीसँग घुस रकम माग गरेको आरोपमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अभियुक्त केसीलाई सेवाग्राहीसँग १० हजार घुस लिँदै गर्दाको अवस्थामा पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी केसीलाई कानुन बमोजिम जरिवाना र कैद सजायको माग गर्दै आईतबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको छ ।