प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान


नेपाल समाचारपत्र, काठमाडौं ।
गत वैशाख २३ को मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी निरञ्जन कुमार श्रेष्ठलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

साथै, उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।