बैजनाथ माविको ताण्डव, २ वर्ष बित्यो परिक्षा भएन् !


मनोज भट्ट, महेन्द्रनगर ।

आज भन्दा करिव दुई वर्ष अघि बैजनाथ माध्यमिक विद्यालयले ल्याव असिस्टेण्ट पदका लागि दरखास्त आह्वान गर्यो । ०७४/०९/०४ गते जारी गरिएको विज्ञापनमा १ जना ल्याव असिस्टेण्ट आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार खोलिएको उक्त ल्याव असिस्टेण्ट पदका लागि यो वा त्यो वाहानामा परिक्षा पछि गर्ने भन्दै टालटुल गर्न लागियो । विद्यालयमा तत्काल उक्त कर्मचारी आवश्यक परेकोले विज्ञापन खोलीएको थियो ।

उक्त पदकालागि ९ जनाले फारम भरेको पाइन्छ । विज्ञापन खोलिएको र आवश्यकता परेको ल्याव असिस्टेण्टका लागि एक वर्ष त्यत्तिकै बित्यो । परिक्षा गर्नका लागि कहिले केहिको कमि त कहिले आफ्नो फुर्सद नभएको भन्दै विद्यालयका प्रध्यानाध्यापक तपेन्द्र प्रसाद भट्ट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर बमले आलटाल गरे । विद्यार्थीहरु जागिर पाउने आशामा आज, भोली खुल्छ होला परिक्षा भन्दै निरन्तर अध्ययनमा नै रहेको गुनासो गर्छन् ।

उक्त पदका लागि विज्ञापन खोलेको दुई बर्ष बित्यो । वर्षौ पछि तोकिएको परिक्षा पनि योे वा त्यो वाहानामा स्थगित गरियो । कर्मचारी पहिले नै गोप्य तरिकाले राखेर, बजेट निकासा गरेको हुनसक्ने परिक्षार्थीहरुको संका छ।

विज्ञापन खोलेको एक वर्ष बित्दा समेत विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले वास्ता नराखे पछि फारम भरेका विद्यार्थीहरुले घच्घच्याइ रहेको बताउँछन् । बल्त तल्ल विद्यार्थीहरुको घच्घचावटले एक वर्ष बित्दा ०७५/१०/१० गते ११ गतेका लागि परिक्षा मिति तय गर्यो ।

एक दिन अगाडि मात्रै परिक्षा मिति जारी गरेकोले सबै परिक्षार्थीलाई जानकारी हुन पाएन्, र केहि परिक्षार्थी उपस्थित हुन सकेनन् । परिक्षाको मिति तय गरेर उक्त परिक्षा तत्काल स्थगित गरियो । भिमदत्त नगरपालिकाबाट परिक्षामा विनिको उपस्थिती हुन नसकेकोले परिक्षा लिन नसकिएको जवाफ प्रअले परिक्षार्थीहरुलाई दिए ।

परिक्षार्थीहरुको आशा फेरीपनि तुहियो । ‘उक्त दिन प्राविधिक धारको माध्यमिक तहकालागि एक जना प्रशिक्षक पदका लागि समेत परिक्षा मिति तोकिएको थियो तर त्यस दिन त्यो एक जना प्रशिक्षकको परिक्षा भने लिईयो । किनकी उनि परिक्षार्थी एक जना मात्रै थिए । ती पनि विव्यसका अध्यक्ष र प्रअका नजिकका व्यक्ति थिए ।’ पिडित परिक्षार्थीले भने ।

विद्यालयमा प्रशिक्षक र ल्याव असिस्टेण्ट आवश्यक हुँदा पनि विद्यालयका प्रअ भट्टले बेवास्था गरेको विद्यालयमा अध्यनरत विद्यार्थीहरुको भनाई छ । एक जना ल्याव असिस्टेण्ट पदकालागि पहिलो पटकको परिक्षा गर्भमै तुहिए झै भयो । ती ९ जना परिक्षार्थीको बारम्बारको दबाबले विद्यालयले यहि बैशाख २८ गते तीन बर्षे आइ एस्सी एजीमा शिक्षण गराउनका लागि एक जना प्रशिक्षक संगै दुई वर्ष पहिलेकै ल्याव असिस्टेण्टको पनि परिक्षा मिति तोक्यो ।

दुई वर्ष पछि हुँने तयारिमा रहेको परिक्षा पनि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अनुगमन तथा नियमन गर्ने निकाय भीमदत्त नगरपालिका लगायतकोे त्रिपाक्षीय लापरबाहीले भताभङ्ग भयो । विद्यालयले प्रत्राचार गरेको भनेका भिमदत्त नगरपालिकाका विनि हरिदत्त जोशी परिक्षाको समयमा परिक्षा केन्द्र सम्म नपुग्दा परिक्षा फेरि पनि स्थगित गरिएको प्रअ भट्टले बताए ।

उता भीनपाका शिक्षा शाखा अधिकृत हरीदत्त भट्ट भने विद्यालयले उक्त पत्र आफुलाई प्रक्रियागत ढङ्गले नदिएको र उक्त पदका लागि लिनु पर्ने परिक्षाका लागि पनि आफुलाई बैठकमा नबोलाएकाले उनिहरुले एकलौटी ढङ्गले के, कसरी, कुन प्रकृयाबाट गर्ने हुन आफुुलाई जानकारी नै नभएकोले परिक्षा केन्द्र सम्म पुग्न नसकिएको बताउछन् ।

जागिरको आस गरेर टाढा टाढाबाट परिक्षा दिन आएका परिक्षार्थीलाई यो वा त्यो बाहानामा बैजनाथ माध्यमिक विद्यालयले चपेटामा पारेको प्रष्टिएको छ । नगरपालिका सगं राम्रो समन्वय गर्न नसकेको पनि देखिन्छ । आफ्ना मान्छे राख्नु पर्ने ठाँउमा चाहेको समयमा परिक्षा सञ्चालन गर्ने र आफ्ना नपरुन्जेल वास्ता नगर्ने गरेको एक परिक्षार्थीले गुनासो गरे ।

विद्यालयका प्रअ, विव्यसका अध्यक्ष र भीनपा जो सुकै किन नहोस्, कुनैपनि विद्यार्थी अर्थात परिक्षार्थीको भविस्य माथि खेलवाड गर्ने अधिकार कसैलाई छैन् । उक्त परिक्षार्थीका लागि परिक्षा र अध्ययनरत विद्यार्थीहरुका लागि सक्षम प्रशिक्षकको टुङ्गो तत्कालै लाग्नु आवश्यक देखिन्छ ।