सरकारको लापरवाही: निर्माणमा गति लिइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ठप्प


काठमाडौं । पछिल्लो सयम निर्माणमा गति लिइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले निरन्तर अवरोध खेप्दै आएको छ। केही समय अघि गिट्टी, बालुवाको मूल्य बढाएपछि गतिरोध उत्पन्न भएको आयोजनाको मुख्य काम ठप्प भएको छ।

विमानस्थल बनाउने जिम्म पाएको चिनियाँ कम्पनी नर्थवेस्टसिभिल एभिएसन कन्सट्रक्सनले पछिल्लो समय धावनमार्ग कालोपत्रे, पेरिमिटर र ट्याक्सी वे कालोपत्रेको काम ठप्प भएको हो।

असार १५ सम्म निर्माण गरिसक्ने लक्ष्य पाएको उक्त ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाउँदा काम रोकिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणको आयोजनाबाट दिने रकम दिएपनि एसियाली विकास बैंकले गर्नुपर्ने भुक्तानीको काम एक महिनादेखि रोकिएपछि ठेकेदार कम्पनीले कामै रोकेको हो।

ठेकेदार कम्पनीले कामदारलाई समेत दिने ज्याला नपाएपछि काम रोक्न बाध्य भएको बताइएको छ।
धावनमार्ग, ट्याक्सवी वे, स्ट्रिप वे, पेरिमिटर, टर्मिनल, टावरजस्ता काम असार १५ मै सक्ने र आउने मंसिरदेखि व्यावसायिक उडान गर्ने सरकारी घोषणा रहेको छ। यद्यपी आयोजनाको काम भने सरकारकै कारण रोकिएको हो।