न्यूजील्यान्डमा भूकम्प   


वेलिङ्टन, वेलिङ्टन, २९ बैशाख (रासस-एएनआई) – न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५.७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ४.०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन ।

दक्षिण प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित कर्माडेक द्वीप तथा न्यूजील्याण्ड भौगर्भिक दृष्टिबाट जोखिमयुक्त क्षेत्र मानिन्छ ।

रासस/एएनआई