अझै हटेको छैन जोखिमपुर्ण गोरेटोमै हिड्नुपर्ने स्थानियकोे बाध्यता


धनवीर दाहाल,रुकुम पुर्व ।
सबै स्थानिय तहमा सडक पुर्याउने सरकारको योजना छ । स्थानीय तहले पनि आफ्नो गाँउपालिका तथा वडा तहमा सडक पु्र्याउन कसरत गरिरहेका छन् ।

तर रुकुम पुर्वको अधिकांश ठाँउमा सडकको त कुरै छाडौं गोरेटो बाटो समेत नभएपछि स्थानियहरु जोखिम मोलेर आवत–जावत गरिरहेका छन् । पुथाउत्तरगंगा गाँउपालिकाको देउखोला, सिस्ने गाँउपालिकाको नायगाड, भट्टेचौर पुथाउत्तरगंगाकै चारगाँउ, खाराबांग, रिवांगचौर लगाएतका अधिकांश ठाँउमा गोरेटो समेत राम्रो नभएपछि यस क्षेत्रका स्थानीयहरु जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् ।

हरेक दिन सोही बाटो हिड्नै पर्ने आफुहरुको बाध्यता रहेको पुथाउत्तरगंगा गाँउपालिका ८ रिवाङचौरकी देवकुमारी घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो “अरु कुनै उपाय छैन । जति जोखिम भएपनि मुल बाटो यहि हो ।”

सदरमुकाम रुकुमकोट तथा अन्य ठाँउ पुग्नकै लागी स्थानीयको लागी सोही बाटो हिड्नै पर्ने हुन्छ । माथी ठुला पहाड र तल सानीभेरी नदी उर्लीरहेको हुन्छ । त्यसकै बिचमा कतिपय ठाँउमा काठको साँघु राखिएको छ ।

गाँउका स्वास्थ्य चौकीमा उपचार हुन सकेका बिरामीलाई ठुला अस्पताल पुर्याउन पनि समस्या भएको पुथाउत्तरगंगा गाँउपालिका ८ का स्थानीय सन्तराम बिकले बताउनुभयो । हरेक दिन मान्छेहरु हिड्ने मुख्य बाटो भएपनि राम्रो बनाउनतिर कसैको पहल नभएको उहाँको भनाई छ ।

माथी ठुला पहाड र तल सानीभेरी नदीको बिचमा अप्ठेरो गोरटो छ । त्यसमा पनि घोडा खच्चड र सर्वसाधारणहरु भारी बोकेर हिड्नुपर्ने अवस्था छ ।