कनकाई पुलमा शंकास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध

0
Shares

झापा । कनकाई नदीको पुलमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने पुलमाथि शंकास्पद बस्तु फेला परेपछि आइतरबा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग अवरुद्धका हुँदा सयौंको संख्यामा यातायातका सवारीसाधन रोकिएका छन्। कनकाई नगरपालिका–२ स्थित कनकाई पुलको दायाँतर्फ तारले बेरिएको कुकर भेटिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

मर्निङवाकमा निस्किएका मानिसले पुलमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। शंकास्पद वस्तुलाई प्रहरीले घेरा हालेर राखेका छ। नेपाली सेनाको श्रीनाथगण चारआलीको बम डिस्पोजल टोलीले घटनास्थलमा पुथगेको छ।