‘देशलाई एक्लैले अघि बढाउन सकिंदैन, सबै दललाई समेट्नु पर्छ’

0
Shares

सिन्धुपाल्चो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताएका छन् ।

आज सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको ठूलो पाखरस्थित ककलिङ हरिसिद्धि क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

सो अवसरमा प्रदेश नं ३ का वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले जिल्लालाई शैक्षिक क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा पनि अगाडि बढाउनुपर्ने बताए ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष शम्शेर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले शैक्षिक क्षेत्रको सुधारको बारेमा धारणा राखेका थिए ।