इन्सपेक्टरको सव विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाइ हस्तान्तरण


भद्रपुर(ने.स) ।
भद्रपुर नगर क्षेत्रको पहिलो शरीर दान गर्ने व्यक्तिको पहिचान बनाउनुभएका समाजसेवी उदयदेव शर्मा आचार्यको शरीर वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ ।

भद्रपुर १० स्थित चन्द्रगढीमा घर भएका आचार्यले २०६५ सालमा आफ्नो शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दान गर्नुभएको थियो । आचार्यको अन्तिम इच्छा अनुसार परिवारले मृत्युपछि दाह संस्कार नगरी शरीर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।

वि सं २००७ साल असोज १३ गते खोटाङ्को सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुनुहन्थ्यो । वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी सङ्गठन झापाका सदस्य, व्राह्मण समाज झापाका सदस्य लगायत विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध रहनु भएका आचार्य सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारको बिरूद्ध जागरण अभियान समेत चलाउँदै आइरहनु भएको थियो । उहाँको शनिबार विहान साढे चार वजेतिर हृदयघातका कारण आकस्मिक निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कान्छा छोरा राजकुमारका अनुसार बाबुको इच्छा अनुसार शरीर वि पि कोइराला प्रतिष्ठानलाई हस्तान्तरण गरिएको जनाउनुभयो ।