यौनजन्य दुव्र्यवहारसँग सम्बन्धित सचेतनालाई पाठ्यक्रममा समावेश गर्न सुझाव


हिक्मत नेपाली, दैलेख ।
दैलेख पश्चिमको आठबीस नगरपालिका वडा नंं ४ राकमकर्णाली स्थित जनज्योती माध्यामिक विद्यालयका बालिकाहरुले यौनजन्य दुव्र्यवहार न्यूनिकरणका लागि सचेतनामुलक सामग्रीलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न तर्फ जोड दिएका छन् ।

दैलेखमा स्ंयमसेवक रुपमा संचालित बालिका बचाउ आत्मरक्षक अभियानद्धारा उक्त विद्यालयमा आयोजित यौनजन्य दुव्र्यवहार तथा बलात्कार विरुद्ध अन्तरसंवाद कार्यक्रममा सहभागि बालिकाहरुले यस्तो सुझाव दिएका हुन् ।

मुलुकभर बालिकाहरुमाथी यौनजन्य दुव्र्यवहारका घटनाहरु बढ्दै गएको बताउँदै विद्यालयमा अध्ययनरत बालिकाहरुले यस्तो घटना अन्त्यका लागि सचेतनामुलक संदेश सहितका सामग्री विद्यालय स्तरका पाठ्यक्रममा समेट्न सुझाव दिएका हुन् । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिन समेत उनिहरुले आग्रह गरेका छन् ।

अन्तरसंवादमा अभियानका संयोजक सजना सुनारले यौन हिंसा तथा दुव्र्यवहारबारे जानकारी गराउनुका साथै यौन हिंसा तथा दुव्र्यवहार न्यूनीकरणका लागि अभिभावक, शिक्षक, प्रहरी प्रशासन लगाएतका निकायको भूमिकाबारे छलफल गराउनुभएको थियो । उहाँले त्यस्ता घटना हुनेसक्ने सम्भावित अवस्थामा कसरी बच्ने बारे सहभागिलाई जानकारी गराउनुभएको थियो ।
संयोजक सुनारले बालिकाहरुलाई आत्मरक्षकको अभ्यास समेत गराउनुभयो । सोहि अबसरमा पत्रकार एवं अभियानका सल्लाहकार विशाल सुनारले बाल विवाहको असर, कानुनी प्रावधानबारे विद्यालयका बालिकाहरुलाई जानकारी गराउनुभएको थियो ।

अन्तरसंवादमा ईलाका प्रहरी कार्यालय राकमकर्णालीका इन्चार्ज विष्णु गिरीले यौनजन्य हिंसा, बलात्कार, बाल विवाह लगाएतका सामाजिक कुरिति र कुसंस्कारमा कानुनी व्यवस्थाबारे सहभागिलाई जानकारी गराउनुभएको थियो । त्यस अघि आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले हाम्रो घरछेउका महिला तथा बालिकाहरु हिंसामा परेको भएपनि पीडितलाई पैसामा खरिद गर्ने परिपाटीकै कारण त्यस्ता घटनाहरु बाहिर आउन नसकेको बताउनुभयो ।

यस्ता घटनाका पिडीतहरुलाई आफुले पनि कानुनी उपचारमा अघि बढाएको उहाँको भनाई छ । युवा हेमन्त दशौदीले विद्यार्थीहरुलाई कमजोर नहुन आग्रह गरे । विद्यार्थी मुलुकका भविष्यका कर्णधार भएको बताउँदै सामाजिक कुसंस्कार, कुरिति विरुद्ध सशक्त भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खड्गराज शर्मा, अभियानका सदस्य रेखा थापा लगाएत सहभागि थिए । यौनजन्य दुव्र्यवहार र बलात्कारविरुद्ध ऐक्यबद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता भन्ने नारा सहित ‘बालिका बचाउ’ आत्मरक्षक अभियानले दैलेखका विभिन्न विद्यालय र समुदायमा बलात्कार र यौनजन्य दुव्र्यवहारको बारेमा जानकारी गराउनुका साथै सुरक्षा निकायको सहयोगमा आत्मरक्षकको अभ्यास गराउँदै आएको छ ।