भारतीय सुरक्षाकर्मीले रक्सी खाएर नेपाली प्रहरीमाथि हतपात


काठमाडौं । भारतको विहार मिलिटरी पुलिसका अधिकारीले नेपाल प्रहरीका जवानलाई कुटेका छन् ।

गौर नगरपालिका–१ को सूर्या बेम्बो होटलमा रक्सि खाएर होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानमाथि कुटपिट गरेका हुन् ।

घटनालगत्तै कुटपिटमा संलग्न ३ जना भारतीय सुरक्षा अधिकारीलाई पक्राउ गरिएको रौतहटका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताइएको छ ।

विहारमा शनिबार हुने लोकसभा चुनावका कारण मदिरा सेवनमा कडाइ गरेकाले उनीहरु नेपाल प्रवेश गरेको जनाइएको छ ।