ट्याक्टर दुर्घटनामा एकको मृत्यूू , दुुई घाइते


दयाराम पण्डित, बाजुरा ।

मार्तडीबाट कोल्टी जांदै गरेको लु४ त ७८१ नंम्मर प्लेटको मालवाहक ट्याक्टर बुढिनन्दा नगरपालिकाको दानसांँगुमा आज दिउसो पल्टीदा एक जनाको मृत्युभएको छ भने दुुईजना घाईते भएका छन् । मृत्यु हुनेमा बुढिनन्दा गरपालिका वडा नं ७ निवासी २१ वर्षीय डपेन्द्र खड्का हुन्। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार गर्दागर्दे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा परी घाईते हुनेमा ट्याक्टर चालक घोडाघोडी नगरपालिका १० कैलालीका १९ वर्षे खगेन्द्र चौधरी हुन् भने स्वामीकार्तिक गाउँपालिका वडा नं ३ का प्रकाश शाही हुन् । घाईते दुुबै जनाको अहिले कोल्टी सवास्थ्य चौकीमा उपचार भैरहेको वताईएको छ । ट्याक्टरमा अत्यधिक लोड,कच्ची ओरालो वाटोमा मेशिन र ट्राली जोडड्ने भाग टुट्दा दुर्घटना भएको प्रत्यक्षदर्शी छक्कवहादुर मल्लले जानकारी दिनुुभएको छ ।

२०५८ सालमा सुुरुभएको ४२ किलो मिटर मार्तडी कोल्टी सडक खण्ड निर्माणका लागि ३३ करोड भन्दा वढि रकम खर्च भैसकेको छ । विडम्वना पक्की भन्दापनि सामान्य ट्रयाक ओपनिङ्ग मात्र गरिएको छ । समाप्त