९ सय ३४ मुद्दा फैसला हुन बाँकी


मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले चैत्र महिनामा १ सय २३ वटा मुद्दा फर्छर्याैट गरेको छ । अदालतमा दर्ता भएका मध्ये अझै ९ सय ३४ वटा मुद्दाको फर्छयौट हुन बाँकी छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २ वर्ष नाघेका ५४ वटा मुद्दाको फर्छयौट हुन बाँकी छ । केहि मुद्दाहरुको प्रमाण संकलन तथा प्राविधिक कारणले समयावधी लम्विन गएको अदालतले जानकारी दिएको छ । त्यस्तै १८ महिना देखि २ वर्ष भित्र अवधीका ४४ वटा मुद्दा बाँकी छन् । १ वर्ष देखि १८ महिना सम्मको १ सय ३३ वटा मुद्दा छन् ।

६ महिना देखि १ वर्षसम्मका २ सय ७९ वटा मुद्दा फछ्र्याैट बाँकी छन् भने ६ महिना भित्रका ४ सय २४ वटा मुद्दा बाँकी छन् । अघिल्लो आर्थिक वर्षमा फर्छयौट हुन नसकेका ७ सय ६९ वटा मुद्दाको जिम्मेवारी चालु वर्षमा सरि आएको थियो । आर्थिक वर्ष २०७५/२०७६ को चैत्र मसान्तसम्म ८ सय ९८ वटा दर्ता भएका छन् । १ हजार ६ सय ६७ वटा मुद्दामा ७ सय ३३ वटा मुद्दा फर्छर्याैट भएका छन् ।

६ महिना समयावधीका ३ सय १५ वटा मुद्दा फछ्र्याैट भएका छन् ६ महिना देखि १ वर्ष भित्रका २ सय ४६ वटा, १ वर्ष देखि १८ महिना भित्रका १ सय ७२ वटा मुद्दा फर्छयौट भएका छन् । १८ महिना देखि २ वर्षसम्मका र त्यस भन्दा माथी अवधीका कुनै पनि मुद्दा टुङ्गिन सकेका छैनन ।

चालु वर्षको ९ महिनामा ब्यक्तिवादी देवानी ५ सय ९५ वटा मुद्दा दर्ता भएका छन् भने ब्यक्तिवादी फौजदारी १ सय ४० वटा दर्ता भएका छन् । सरकारवादी फौजदारी १ सय ४७ वटा मुद्दा दर्ता भएका छन् । ब्यक्तिवादी देवानी ३ वटा, सरकारवादी फौजदारी ३ वटा मुद्दा दर्ता भएका छन् । देवानी तर्फ ५ सय ९८ र फौजदारी तर्फ २ सय ९० वटा मुद्दा दर्ता भएका छन् ।

निषेधाज्ञा सम्वन्धी ९ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकले लिएको लक्ष्य अनुसारको फर्छयौट गर्न कृयाशिल रहेको छ ।