संसदमा आजबाट प्रि–बजेट छलफल सुरु


गंगा बराल, काठमाडौं ।
संघीय संसदमा आजबाट प्रि–बजेट छलफल सुरु भएको छ । अहिले ११ बजेबाट सुरु संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रि–बजेटबारे छलफल प्रारम्भ भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा कार्यसूची रहेको बताइएको छ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व.२०७६/७७ को लागि विनियोजन विधयेकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्रीको प्रस्तावपछि आगामी आर्थिक वर्षको विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुनेछ ।