आजदेखि संसदमा प्रिबजेटमाथि छलफल शुरू

0
Shares

काठमाडौं । संसदमा आजदेखि आर्थिक वर्ष २०७६–७७ को प्रिबजेटमाथि छलफल शुरू हुँदैछ ।

प्रतिनिधिसभाको बिहान ११ र राष्टियसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

नीति तथा कार्यक्रमभन्दा पहिला प्रिबजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रिबजेटमाथि छलफल गराउन लागेको हो ।

प्रिबजेटमाथिको छलफल आउँदो मंगलबारसम्म सक्ने तयारी संसद सचिवालयले गरेको छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रिबजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

ढिलो गरी औपचारिकताका लागि मात्र गर्न लागिएको प्रिबजेट छलफलले सांसदले दिएका सुझाव नसमेटिने लगभग पक्का छ ।

सरकारको नीति तथा कार्यक्रम वैशाख २४ गते प्रमुख प्रतिपक्षी दलको नाराबाजी र अवरोकाबीच नै पारित भइसकेको छ । राष्टपति विद्यादेवि भण्डारीले वैशाख २० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।