बालिका फकाएर सिन्दुर हाल्ने व्यक्ति प्रहरीको फन्दामा

0
Shares

पाँचथर । १३ वर्षिया बालिकालाई फकाएर मन्दिरमा लगेर सिन्दुर पोते गरेको आरोपमा पक्राउ परेका छन् । हिलिहाङ गाउपालिका–७ बस्ने २३ वर्षीय चक्र तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो ।

तेह्रथुमको आठराई गाँउपालिका बस्ने एक १३ वर्षीया बालिकालाई फिदिमस्थित शिवालय मन्दिरमा लगेर सिन्दुर पोतेसमेत लगाई विवाह गरेका थिए ।

तामाङले फकाएर बालविवाह गरेको बालिकाका अभिभावकले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको पौडेलले बताउनुभयो ।

बालिकाका अभिभावकले गत बुधबार तामाङलाइ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा निजलाई सोही दिन पक्राउ गरी बालविवाह मुद्दा अन्तर्गत म्याद थप अनुसन्धान भइरहेको पौडेलले बताउनु भयो । बालिका कक्षा आठमा अध्ययनरत छिन् ।