बोर्डिङको लुटतन्त्रः अनुमतिबिना माथिल्लो कक्षा सञ्चालन गर्ने रस्साकस्सी


मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिकामा निजीस्रोतका अर्थात संस्थागत विद्यालयहरुको संख्या ७० रहेको छ । ती अधिकांश संस्थागत विद्यालयहरु भौतिक संरचनामा समेत कमजोर छन् ।

नयाँ शैक्षिक सत्रको सुरुवात संगै कञ्चनपुरमा शैक्षिक माफियाको बिगबिगी बढेको छ । कञ्चनपुरमा संस्थागत विद्यालयहरुको संख्या झण्डै एक हजारको हाराहारीमा छ । सामुदायिक विद्यालय भन्दा निजी स्रोतका अर्थात संस्थागत विद्यालयले अभिवावकको ढाडसेक्ने गरि शुल्क बृद्धि गरेको कुरा एकातिर छ, भने अर्कोतिर विद्यार्थीहरुको भविस्य माथि प्रत्यक्ष रुपमा खेलवाड गरिरहेका छन् । अनुमति बिनानै माथिल्लो कक्षा सञ्चालन गरेर विद्यार्थीको भविस्यमाथि खेलवाड गरिरहेको तथ्यांकहरु भेटिन थालेका हुन् ।

भीमदत्त नगरपालिकामा निजीस्रोतका अर्थात संस्थागत विद्यालयहरुको संख्या ७० रहेको छ । ती अधिकांश संस्थागत विद्यालयहरु भौतिक संरचनामा समेत कमजोर छन् । गर्मीको मौसममा स्टीलको छाना मुनि उष्ण वाष्प र चिसोको मौसममा विद्यार्थी ठडींले कठिग्रीने समस्या महेन्द्रनगर आसपासकै क्षेत्रका विद्यालयमा समेत रहेको छ ।

भीमदत्त नगरपालिका र तत्कालिन जिल्ला शिक्षा कार्यालयको लापरबाहीले गर्दा कयौं विद्यार्थीको भविस्य अन्यौलमा पर्ने खतरा बढेको छ । सहि समयमा निजी तथा सामुदायीक विद्यालयमा अनुगमन तथा नियमन नगर्दा विद्यालयहरुले मनपरि गर्नथालेको पाइन्छ ।

शैक्षिक सत्रको सुरुवात संगै आपसी मिलोमतो र भाइचाराका हिसाबले मनपरी एकतन्त्रीय गतीमा विद्यालय संचालन गर्नदिने जिम्मेवार निकायका कर्मचारी तथा जनप्रतिनिधीका कारणले विद्यार्थीहरुको भविस्यमाथी नै छुरा रोप्ने कार्य निजी तथा सामुदायीक विद्यालयहरुले गर्दै आएका तमाम तथ्यहरु फेला परेका छन् ।

कञ्चनपुरको सबैभन्दा ठुलो भीमदत्त नगरपालिकामा ५० सामुदायीक विद्यालय छन्, भने ७० संस्थागत विद्यालय छन् । भीनपाले नत्र शैक्षिक सत्रको सूरुवातमा विद्यालय अनुगमन गर्छ नत्र बिचको पछिल्लो समयमा ।

भीमदत्त नगरपालिका बाट यस वर्षको शैक्षिक सत्रमा कक्षा १२ सम्मको अनुमति पाएका विद्यालय १५ ओटा छन् । कक्षा ११ को अनुमति एक विद्यालय संग मात्रै छ । कक्षा १० सम्मको अनुमति पाएका विद्यालय २१ ओटा छन् । कक्षा ९ को अनुमति एक विद्यालयलाई मात्रै छ ।

त्यसैगरी कक्षा ८ को अनुमति १५ विद्यालयलाई छ । कक्षा ७ को अनुमतिवाला विद्यालय एक मात्रै छ । कक्षा ५ अर्थात आधारभुत कक्षाको अनुमति भीनपामा ५ विद्यालयलाई छ । कक्षा ४ को ४ लाई छ । कक्षा ३ को अनुमति एक विद्यालयलाई छ भने कक्षा २ सम्मको अनुमति पनि एक विद्यालयलाई छ ।

माथी उल्लेख गरिएको तथ्यांकमा एक देखि १० सम्मका केहि विद्यालयहरुले आफ्नो अनुमति भन्दा पनि बढी पढाई रहेको र हालसालै नयाँ भर्ना समेत लिइरहेको जानकारी प्राप्त भएको छ ।

कञ्चनपुरको भीमदत्त नगर भित्र मात्रै ५÷७ विद्यालयहरुले अनुमति भन्दा बढि पढाई रहेको र केहिले यसै शैक्षिक वर्षमा नयाँ भर्नाका लागि घरदैलो अभियानमा रहेको सूचना प्राप्त भएको छ । भीनपाले अनुगमन र नियमन फितलो बनाउँदा निजी तथा संस्थागत विद्यालयहरुमा मनपरि तन्त्र फैलिएको स्थानीय बुद्धिजिवीहरुको भनाई रहेको छ ।

विद्यार्थीहरुको भविस्यलाई खेलौना बनाउँदै चर्को शुल्क अशुल्ने र अनुमति भन्दा बढी अध्यापन गराउँने विद्यालयहरुलाई कानूनी दायरामा ल्याउनु अति आवश्यक देखिन्छ ।