पृथ्वीबाट दश लाख जीव र वनस्पतिका प्रजाति लोप हुने खतरा

0
Shares

न्युयोर्क,(एजेनसी)
मानवबाट पृथ्वीको जमिन, जल र आकासमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनिय नकारात्मक असर परेको संयुक्त राष्ट्र संघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा दश लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितीमा रहेको बताइएको छ ।

मानिसहरुको जीवन शैलीलाई आवश्यक धेरै भन्दा धेरै खाद्यान्न र उर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै तिव्र गतिमा आरोलो झरिरहेको बुझिएको छ । यस नाजुक प्रक्रियालाई रोक्न सकिने अध्ययनले देखाएको छ ।
तर यसका लागि मानवले प्रकृतिसंग गर्ने प्रत्येक अन्तरक्रियामा पूर्णतया परिवर्तन ल्याइनु पर्ने बताइएका ेछ । मानव जातिले हाम्रो वालीमा पराग सेचन गराउने माुहरी देखि बाढि पहिरो रोक्ने बन जंगलसम्मका इकोसिस्टममा नकारात्मक असर पारिरहेको बुझिएको छ ।

पन्धै हजार सहायक श्रोतलाई लिएर विश्वव्यापि रुपमा गरिएको प्रकृत सम्बन्धी गहन अध्ययनपछि इन्टर गवर्नमेन्टल साइन्स पोलिसी प्लेटफर्म अन बायोडाभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेज ( आइपिबिइएस ) ले १ हजार ८ सय पृठ लामो प्रतिवेदन तयार पारेका हुन् ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित यस सम्बन्धी महत्वुपूर्ण बैठकमा नीति निर्माणकर्ताहरुका लाथि संक्षिप्त चालिस पृष्ठको विवरण तयार पारिएको छ । संभवत विश्वकै इतिहासमा पहिलो पटक यसरी प्रकृतिको विनाका लागि गम्भीर रुपमा मानलाई दोषि ठहराइएको हो ।

सो विवरणमा पृथ्वीले लामो समयदेखि नै मानव जातिबाट समस्या भोग्दै आएका ेतथा विगत पचास वर्षमा सो समस्या सबैभन्दा बढि गहिरो रहेको उल्लेख गरिएको छ । सन् १९७० देखि विश्वको जनस्ांख्या नै दोब्बर भएको छ भने विशवको अर्थतन्त्रमा चार गुणा वृद्धि भएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारमा दश गुणा बृद्धि भएको छ । यसरी बढदो जनसंख्यालाई लुगा , कपडा र उर्जाको व्यवस्था गर्न तिव्र गतिमा बन फडानी हुनथालेको थियो । सन् १९८० देखि २००० सम्म दक्षिण अमेरिका र दक्षिण पुर्वी एसियामा मात्रै १० करोड हेक्टर जंगल फडानी भएके तथ्याँक प्राप्त भएक ेछ ।