कांग्रेस जागरण अभियानमा

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भोलि वुधवार बाट शुरु हुने प्रथम चरणको एक महिने जागरण अभियानको ७७ वटै जिल्लामा एकसाथ उद्घाटन हुनेभएको छ । पार्टीको संगठन सुर्धान तथा सरकारको गलत क्रियाकलापको बारेमा भण्डाफोर गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, संशोधित विधानबारे मात्र हैन कांग्रेसको नीति रणनीतिबारे पनि स्थानीय तहसम्म सुसूचित गरिने भएको छ । तीन चरणमा गर्न लागिएको जागरण अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुदै स्थानीय तह सम्म पु¥याउने भएको छ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरण अन्तर्गत एकमहिने जागरण अभियान वैशाख २५ गते शुरु भई जेठ २५ गते सकिने छ । कांग्रेसले तीन चरणमा देशव्यापी जागरण अभियान सञ्चालन गर्दैछ । दोस्रो चरणको अभियान भदौं २४ बाट असोज ७ गते सम्म १५ दिन चल्ने छ । तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन हुनेछ । काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– जागरण अभियानलाई प्रभावकारी बनाउन ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटिसकेका छन् ।

यो जागरण अभियानलाई काग्रेसले नेपाली राजनीतिमा एकै एक स्वरुपको पहिलो कार्यक्रम भएको पनि जनाएको छ । स्वदेश लगाएत विदेशका ३३ देशमा समेत एकैपटक यो कार्यक्रम आयोजना गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभएको छ । यो अभियानमा आसन ग्रहणको शैलीलाई समेत परिवर्तन गरिएको भन्दै प्रवक्ता शर्माले स्वागत र विसर्जन बाहेक तीन वक्तालेमात्र उद्घाटन कार्यक्रममा बोल्ने छन् । तीन वक्ता मध्य एक महिला अनिवार्य गरिएको छ । कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको निर्माण गरिएको छ ।

देशव्यापी जागरण अभियानको लागि काग्रेसले मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरि १२ भाषामा जागरण गित समेत तयार पारेको जनाएको छ ।

पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित हुने छ भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान भने ७ सय ५३ गाउँ नगर केन्द्रित हुने काग्रेसले जनाएको छ ।