विपदका घटना कम गर्न आपतकालीन कक्षको स्थापना गरिने


सरिता चलाउने, सल्यान ।
सल्यानका सबै स्थानीय तहहरुमा आपतकालीन कक्षको स्थापना गरिने भएको छ ।
विपद पश्चात राहत तथा उद्धार बितरणको कार्यलाई प्रभावकारी तुल्याउन आवश्यक दक्ष जनशक्ति एवम उद्धार तथा राहत सामाग्रीको व्यवस्थापन सहितको जिल्लाका सबै स्थानीय तहमा आपतकालीन कक्षको स्थापना गरीने भएको हो ।

जिल्ला बिपद व्यवस्थापन समितीको बैठकले स्थानीय तहहरुमा आपतकालीन कक्षको स्थापना गर्ने निर्णय गरेको हो । आपतकालीन स्थापना पश्चात जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त टोलीले अबलोकन गर्ने भएको छ ।

अबलोकन गरी त्यसको जानकारी प्रत्येक स्थानीय तहले जिल्ला प्रशासन कार्यलयमा गराउनु पर्ने र आबश्यक सुझाब एबम पृष्ठपोषण प्रदान गर्ने र्निणय गरिएको छ । सबै स्थानीय तहहरुले बिपद प्रतिकार्यका लागी योजना बनाएर बिपद पुर्ब तयारी सम्बन्धी अघि बढने बताएका हुन ।

बिपद पुर्ब तयारी सम्बन्धी क्रियाकलाबहरुलाई सांगठनीक, ब्यवस्थीत बनाई प्रभावकारी प्रतिकार्य मार्फत संभाबित क्षेति नोक्सानी, र जोखिमलाई न्युनिकरण गर्ने उदेश्यका साथ योजना बनाउने बताएका छन ।

विपद, पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माणका लागी जिल्लाका ३ वटा नगरपालीकाले ५०, ५० हजार र ७ वटा गाउँपालीकाले ३५, ३५ हजार आर्थिक सहयोग गर्ने भएका छन । विपद, पुर्ब तयारी तथा प्रतिकार्यका लागी नेपाल रेडक्रस सोसाईटि सल्यानलाई जिम्मेवारी दिने बताएका हुन ।

विपदले जतिबेला पनि नोक्सानी गर्ने भएकाले स्थानीय तहका जनप्रतिनिधिहरुले आफुहरु सँग रहेका मौज्दात तथा राहत सामाग्रीको बिवरण जिल्ला प्रशासन कार्यलयमा पठाएर ति सामाग्रीहरु विपदको समयमा स्थानीय तहको बिचमा आदान प्रदान गरी विपद पश्चात गरीने उद्धार तथा राहत बितरणका क्रिकलापलाई प्रभावकारी ढङगले अगाडी बढाउने निर्णय गरेका छन ।

उद्धार तथा मौज्दात नरहेका अति आबश्यक सामाग्री उद्धार तथा राहत सामाग्रीको खरिद योजना र विपद प्रतिकार्यका लागी भौतिक संचना निर्माण योजना जिल्ला प्रशासन कार्यलय सल्यानमा बुझाउने निर्णय भएको छ ।

यस्तै बिपद पश्चात गरिने उद्धार कार्यको नमुना प्रदशन जेठ १० गर्ने निर्णय भएको छ । जिल्लाको कुपिण्डे तालमा नमुना प्रदशन गरिने भएको हो भने बिपद पश्चात गरिने उद्धार कार्यको तयारी स्वरुप कुपिण्डे दहमा डुगां चालक तथा रेस्क्यु तालीम सम्बन्धी नगरपालीका सँग समन्वय गरेर संचालन गर्ने निर्णय भएको छ ।

बिपद आकाश्मीक पकृतिको हुने हुदा बिपदको समयमा के कति स्रोत साधन तत्काल उपलब्ध हुन सक्छ भनी पुर्ब आंकलन पनि गरिने भएको हो ।