प्रधानमन्त्रीलाई गगन थापाको सुझावः नारा फेरेर ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्नुस्


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा फेर्न सुझाव दिएका छन्।

संघीय संसदमा राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा छलफपछि थापाले संसदमा भने, ‘राष्ट्रपतिको सरकारलाई एउटै मात्र सुझाव छ सरकारले आफ्नो मूल नारा फेरोस्। अब ‘समृद्ध नेपाल, सुखी नेपाली’ होइन, ‘समृद्ध दमक, सुखी केपी ओलीु भन्ने नारा बनाओस्।’

उनले सरकारलाई सम्बोधन गर्दा राष्ट्रपतिको सरकार भन्दै सम्बोधन गरे। थापाले उनको शैलीलाई राजाको पालाको जस्तो भएको टिप्पणी गरे। अनि आफ्नो सम्बोधनको अन्त्यमा व्यंग्य गर्दै राजाका सम्बोधनहरूमा जस्तै पशुपतिनाथलाई सम्झिए।