नयाँ शक्ति र फोरमबीच पार्टी एकताः नयाँ राजनीतिक शक्तिको उदय भएको दाबी


नेपाल समाचारपत्र, काठमाडौं ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच आज एकता भएको छ।

सोमबार काठमाडौंको कमलादीमा आयोजित विशेष समारोहमा फोरम र नयाँ शक्ति एकीकरण भइ समाजवादी पार्टी नेपाल गठन भएको हो।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

यस एकताबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको र संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक रहेको कुरा सहमति पत्रमा उल्लेख गरिएको छ ।

एकतासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियान पनि सकिएको बताएका छन् ।