विष्णु पौडेलले संसदमा भनेः बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न तयार छु


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा विवादमा आफू दोषी ठहर भएमा जुनसुकै बेला पनि सजाय भोग्न तयार रहेको बताउनुभएको छ ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, उहाँले भन्नुभयो ‘सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु ।’