काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी सुवेदी, अपराध महाशाखामा सहकुल थापा


काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा प्रमुखको नेतृत्व परिवर्तन गरेको छ ।
काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका कारण नेतृत्व परिर्वतन गरिएको प्रहरी प्रधान कार्यालयको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।

यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो ।