पत्रकारलाई कुटपिट गर्ने एक जना पक्राउ

0
Shares

कैलाली । कैलालीमा पत्रकार कुटपिट गर्ने ब्यापारी तेजेन्द्र थापा पक्राउ परेका छन् ।

आइतबार बेलुका ७ बजे धनगढीको एल एन चोकबाट दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीविरुद्ध सोमबार मुद्दा चलाउने तयारी रहेकोले जनाएको छ । उनले पत्रकार विष्टलाई धनगढीको त्रिनगर माध्यमिक विद्यालयले भाडामा दिएका सटरको रिपोर्टिङ गरिरहेका बेला विद्यालयका प्रधानाध्यापककको कार्यकक्षमा पुगेर कुटपिट गरेर भागेका थिए ।