तलव नदिएको भन्दै १ सय २५ नेपालीद्धारा कुवेतमा आन्दोल

0
Shares

काठमाडौं । रोजगारीका लागि कुवेत पुगेका १ सय २५ नेपालीले आन्दोलन शुरु गरेका छन् । रोजगार करार सम्झौताअनुसार तलब नदिइएको भन्दै कुवेतस्थित इनासको कम्पनीमा कार्यरत १ सय २५ नेपालीले काम रोकेका हुन् ।

नियमित तलब नदिएको, दुर्घटनामा पर्ने कामदारलाई बिमाको सुविधा नदिएको र मोटरसाइकलमा पेट्रोल हाल्ने पैसासमेत नदिएको भन्दै काम छाडेको उनीहरूले बताएका छन् । उनीहरू ‘बाइक राइडर’ हुन् । उनीहरू अधिकांश स्यारोन म्यानपावर कम्पनीमार्फत कुवेत गएका हुन् ।

उनीहरुले आफूहरूलाई म्यानपावरले सम्झौता गरेर पठाएअनुसार कम्पनीले सेवा सुविधा नदिएको बताएका छन् । यता, नेपाली राजदूताबासले भने काम गरेपछि कम्पनीले पैसा दिने बताइरहेको जनाएको छ । दूतावासले कम्पनीको व्यवस्थापनसँग छलफल गरी विवाद समाधान प्रयास भइरहेको जनाएको छ ।