सुनिताको सुनमाला


गायिका सुनिता कार्कीको एकल एल्बम सुनमालाको राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार सुरेश अधिकारी, पत्रकार सुमन खरेल, सञ्चारकर्मी मनोहरि थापा र गायिका कार्कीकी आमा तारा कार्कीलगायतले संयुक्तरूपमा सार्वजनिक गरेका छन्।

म्युजिक नेपालको प्रस्तुति रहेको एल्बममा संगृहित गीतहरूमा शब्द र संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेश सबै गीत प्रस्तुत गरेकी थिइन्। एल्बममा दुनियाँमा, शीतल हिमाली हावा, साथी नै चाहिँदा, सिर सिर सिरिरीलगायत ५ गीत समावेश छन्। दुनियाँमा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएका छन्।

सुनिताको यसअघि ए बतास बोलको गीत बजारमा आएको थियो। संगीतकार अधिकारीको शब्द र संगीतमा यसअघि सुनिताले कहिले हार कहिले जित बोलको सांगीतिक कार्य गरेकी थिइन् भने सुनमाला दोस्रो सहकार्य हो।