भिडियोमा तिमीलाई हेर्ने आँखा


गायक राज रोकाले नयाँ गीत तिमीलाई हेर्ने आँखाको भिडियो सार्वजनक गरेका छन्। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभाव प्रस्तुत गरिएको छ।

डेढ दशकदेखि विभिन्न देशमा सांगीतिक कार्यक्रम आयोजनाका साथै गायन प्रस्तुति दिँदै आइरहेका गायक राजको यस गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन असिम चित्रकारले गरेका छन्।

भिडियोमा विपना थापा, सागर खनाल र प्रशेस कार्कीले अभिनय गरेका छन्। गीतको एरेन्ज राजु इशानले गरेका छन्। नारायण जिसीले खिचेको भिडियो निर्माणमा ओम स्टुडियोले सघाएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक भिडियो दर्शकले मन पराउने विश्वास गायक राजको छ।