युवराजको लटर पटरमा प्रियंका


फिल्म गीत तथा सुगम संगीत गायनमा चर्चित गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको स्वरमा लटर पटर बोलको गीत हालै सार्वजनिक भएको छ।

दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द छ। गीतको म्युजिक भिडियोमा गायक चौलागाईंका साथमा नायिका प्रियंका कार्की र मोडल सुनिल क्षेत्रीले मोडलिङ गरेका छन्।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन रहेको छ।