तरकारी बिक्री नभएपछि भैंसीको आहारा

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
काउली, बन्दाजस्ता तरकारी भान्सामा पाक्ने गर्छ तर दक्षिण पर्वतका केही कृषकले भने काउली बन्दालाई भैंसीको आहाराका रुपमा प्रयोग गर्न बाध्य छन् ।

पर्वतको पैंयु गाउ“पालिका वडा नं ३ बेउलीबास चिलुवा गाउ“का कृषकले लगाएको बन्दाले पछिल्लो समय बजार नपाउ“दा गाईभैसीलाई खुवाउन बाध्य भएका हुन् ।

केही समयदेखि खेतमा लगाएको बन्दा बिक्री हुनै छाडेकाले कृषकले गाईभैसीलाई खुवाएका छन् भने कति कृषकले लगाएको बन्दा बारीमा नै कुहिने अवस्थामा पुगेको छ । स्थानीय महिलाले यस वर्ष धेरै क्षेत्रफलमा बन्दा लगाएका कारण नजिकका बजारमा बिक्री गर्न कठिन भई गाईभंैसीलाई खुवाउन बाध्य भएको उनीहरुको भनाइ छ ।

‘शुरुमा त बिक्री भएको थियो, अहिले बजार नपाउ“दा कुहिएर गएको छ ।’ स्थानीय पुण्य काफ्लेले भन्नुभयो–‘हाम्रा छिमेकीहरु गाईभंैसी दुहुने समयमा घा“सको रुपमा बन्दा प्रयोग गर्दै आएका छन् ।’

दक्षिण पर्वतको मुख्य व्यापारिक केन्द्र हातेमालोचोक बजार नै हो । हातेमालोचोकमा वालिङ र बुटवलबाट तरकारी भित्रिने भएका कारण स्थानीयस्तरमा उत्पादन भएको तरकारीले बजार पाउन कठिन भएको छ । सेतीबेणी बजारमा पनि गुल्मीतर्फबाट तरकारी आउ“दा बिक्रीका लागि समस्या छ । हातेमालोचोक र वहाकी भञ्याङ्मा पुगेर तरकारी बिक्री गरे पनि सोचेअनुसार बजार नभएको तरकारी उत्पादक माया काफ्लेले बताउनुभयो ।

‘बजार पाउने आशमा धेरै तरकारी रोपियो, बन्दा बिक्री नहु“दा बारीमा नै कुहिएको छ’ उहा“को भनाइ छ । चैत्र महिना सम्म थोरै मात्रामा बिक्री भएपनि बैषाख लागेपछि बिक्री हुनै छाडेको छ ।

स्थानीय मिलीजुली युवा महिला समूह समुह र सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिलाले हिउ“दमा बन्दा, काउली, गोलभेंडा लगाएका थिए । समूहका सबै सदस्यले बन्दा लगाउ“दा बिक्रीमा समस्या भएको कृषक महिला सुधा बस्यालको भनाइ छ । ‘सबैले बन्दा लगाउ“दा समस्या भएको हो ।’ उहा“ले भन्नुभयो–‘ अब मौसमअनुसार र फरक–फरक जातका तरकारी लगाउ“दा बजारको समस्या कम हुने अपेक्षा छ ।’

बन्दाले बजार नपाउ“दा पछिल्लो समय काक्रो खेतीतर्फ धेरै जना आकर्षित भएका छन् । काक्रो र घिरौला बिक्रीका लागि समस्या नहुने देखेर यसतर्फ आकर्षित भएको शोभा बस्याल बताउनुहुन्छ । ‘अब काक्रो लगाउ“दा बजारको समस्या नहुने अपेक्षा छ ।’ गाउ“का १६ देखि ३० वर्ष उमेर समूहका दिदीबहिनी मिलेर तरकारी खेती गर्दै आएका छन । केहीले सामूहिक खेती गरेर त केहीले निजी तवरमा उत्पादनमा लागेका छन । तरकारी बिक्री गरेर बचत गर्ने, पढ्ने खर्च बनाउने तथा घरपरिवारको खर्च समेत बेहोर्दै आएको उनीहरुको भनाइ छ ।