माथिल्लो त्रिशूली थ्री एको परीक्षण सम्पन्न, वैशाखभित्रै उत्पादन थाल्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो ।

विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हु“दै विद्युत् गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेललगायतका उपकरणहरु डिजाइनअनुसार चले÷नचलेको हेरिन्छ तर विद्युत् भने उत्पादन हु“दैन ।

रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहा“ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यवसायिक रुपमा विद्युत् उत्पादन केही ढिलाइ भएको घिसिङले बताउनुभयो ।

‘विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन शुरु गर्न सक्ने अवस्थामा पु¥याएका छौं, नन्–लोड टेस्टिङ सफलतापूर्वक सम्पन्न भएको छ, अब सुरुङमा रहेको पानी खाली गरेर त्यहा“ चुहावट भए÷नभएको हेरिन्छ, पानी खाली गर्न र भर्न ५÷६ दिन लाग्छ, यसबीचमा अन्य काम पनि समानान्तर रुपमा अगाडि बढ्छन्,’ उहा“ले भन्नुभयो–‘वैशाखभित्रमा व्यावसायिकरुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुनेछ ।’

दोस्रो युनिट (३० मेगावाट)को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारणलाइनको निर्माण सकिएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवम् प्राधिकरणको लगानी र चिनिया“ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा सिभिल विद्युत् गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी)स“ग ठेक्का सम्झौता भएको थियो ।

२०७१ जेठ १७ भित्रमा निर्माण सक्ने गरी सीजीजीसीस“ग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद २०७३ असार १६ गतेसम्म थपिएको थियो ।

भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद वैशाख २०७६ वैशाख १७ गतेसम्म थप गरेको थियो । भूकम्प र पहिरोले बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पु¥याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो ।