समयमा निर्णय नहुँदा निगमको जहाज ६ महिनादेखि ग्राउन्डेड

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
नेपाल वायु सेवा निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच समन्वय नहु“दा छ महिनादेखि निगमको विमान बिक्री भएको छैन । जसका कारण निगमको वोइङ–७५७ एसीबी विमान ग्राउन्डेट छ ।

नेपाल वायुसेवा निगमले वोइङ–७५७ एससीवी विमान बिक्रीको लागि कन्सल्ट्यान्ट छनोट गरेको थियो । कन्सल्ट्यान्टले विमान बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलरमा र कममा ४३ लाख ३३ हजार अमेरिकी डलरमा बिक्री गर्न सकिने सुझावसहितको प्रतिवेदन निगमलाई दिएको थियो । निगमले स्वीस् कम्पनी फिन्टेक ग्लोवललाई कन्सल्ट्यान्ट छनोट गरेको थियो ।

सो कम्पनीले दिएको प्रस्तावका आधारमा विमान बिक्रीको प्रक्रिया अगाडि बढाउन मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । सो प्रस्ताव उपर मन्त्रालयले कुनै निर्णय गरेको छैन । जसका कारण बिक्रीमा राखिएको विमान ग्रँन्डेड भएको हो ।

निगमका अध्यक्ष मदन खरेलले मन्त्रालयको निर्णयलाई निगमले कुरेर बसेको बताउनुभयो । उहा“ले मन्त्रालयले वोइङ बिक्री गर्ने फाइल स्वीकृत गरेस“गै निगमले बिक्री प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

यता मन्त्रालयले भने नेपाल वायुसेवा विनियमावलीमा निगमको सम्पूर्ण सम्पत्तिमाथिको अधिकार कार्यकारी अध्यक्षमानै रहेकाले निगमले नै बिक्री वितरण गर्ने निर्णय लिन सक्ने भन्दै विमान बिक्री प्रक्रियामा सहभागी नभएको बताइएको छ ।

विमानको मर्मत सम्भार गर्नको लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हु“दै गएकाले पनि सञ्चालन खर्च बढिरहेपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो । सन् १९८० मा अमेरिकन वोइङ कम्पनीस“ग ऋणमा विमान खरिद गरिएको थियो । यसअघि निगमस“ग रहेको वोइङ ९ एन एसीए वोइङ–७५७ समेत १५ करोडमा बिक्री गरिसकेकोे छ । वोइङ र एयरबस विमान सञ्चालन गर्दा खर्च बढी पर्ने र मर्मत तथा सञ्चालन खर्चको लागि पनि छुट्टाछुट्टै जनशक्ति चाहिने भएपछि निगमले एकैखालको विमान सञ्चालनको तयारीको लागि वोइङ बिक्रीको तयारी थालेको निगमको भनाइ छ ।

हाल निगमले वाइडवडी विमान ए ३३० दुई वटा सञ्चालनको गरिरहेको छ । वोइङ विमान र वाइड वडीको सञ्चालन व्यवस्थापन गर्नको लागि निगमलाई खर्चिलो बन्दै गएपछि निगमले वोइङलाई विस्थावित गर्न तयारी स्वरुप कम्पनी मूल्याङकन गर्नको लागि छनोट गरेको हो । विमानमा १ सय ९० सिट रहेको १६ विजनेस क्लासका सिट रहेका छन् ।