त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ ३ सय भित्र

0
Shares

ईश्वरराज ढकाल, काठमाडौ । त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको ¥याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो ।

एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम स्थानमा पुग्न सफल भएको छ । सो संस्थाले विश्वविद्यालय छनौट गर्न विभिन्न क्षेत्र तय गरेको थियो । ¥याङकिङमा सहभागि हुन विश्वविद्यालयले सोही अनुसार विवरण पेश गरेको थियो ।

सो संस्थाले गत वर्ष सन् २०१९का लागि विश्वभरका विश्वविद्यालयकालागि सार्वजनिक गरेको ¥याकिङमा त्रिवि एक हजार भन्दा मुनी परेको थियो । गत वर्ष गरेको निर्णय अनुसार त्रिवि ८ सय १ देखि १ हजारभित्र परेको जनाएको थियो ।
यो वर्ष एशियाली मुलुकका विश्वविद्यालय छनौट गरी निर्णय सार्वजनिक गर्न लागेको हो । टाइम्स हायर एजुकेशनले मंगलबार त्रिविलाई इमेल पठाएर सन् २०१९को लागि सो विश्वविद्यालय ३ सय भन्दा मुनी परेको उल्लेख गरेको थियो ।

संस्थाले एशियाको विश्वविद्यालयको अवस्थाबारे आज बुधबार नतिजा सार्वजनिक गर्दै छ ।

त्रिवि स्रोतका अनुसार हामीलाई ३ सय मुनी ¥याङकिङमा परेको जनाउदै इमेल आएकोे छ । संस्थाले आज बुधबार एक कार्यक्रम गरी बेलायबाटै ऐशियाली विश्वविद्यालयको नतिजा सार्वजनिक गर्दै छ । एशियामा रहेका अधिकांस विश्वविद्यालयले ¥याङकिङका लागि प्रकृयामा सहभागि भएका थिए ।

त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले हाम्रो अवस्था कहा छ ,भन्ने विषयमा निर्णय भैनसकेको दाबी गर्नुभयो । हामी टाइम्सको निर्णयको प्रतिक्षामा छौ, निर्णय आएपछि जानकारी गराउला–¥याङकिङमा परेको विषयबारे सोध्दा उहाले भन्नुभयो –रिजल्ट आएपछि जानकारी गराउला ।

टाइम्सले त्रिविलाई एसियाका विश्वविद्यालयको छनौटमा राखेको पहिलो पटक हो । त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक डा.ऋदिष पोखरेलले विभिन्न पाँच विषयमा १३ वटा इन्डिकेटरको विवरण भरेपछि संस्थाले सो विषयमा अध्ययन गरी ¥याङकिङमा पार्ने गरेको बताउनुभयो ।

उहाले भन्नुभयो–अनुसन्धान, साइटेशन पब्लिकेशन, इन्टरनेशनल कोल्याबरेशन लगायका विषयमा पुर्ण जानकारी दिनुपर्छ । विश्वमा भरपर्दो अनुसन्धान मानिएको टाइम्सले विश्वबिद्यालयहरुको सम्पुर्ण विषयमा अध्ययन गर्ने गरेको छ ।

विदेशी विद्यार्थी अध्ययन, अनुशन्धान, विद्यार्थी र शिक्षक अनुपात, विद्यार्थी संख्या, संकाय, जर्नल प्रकाशन, भौतिक अवस्था , सम्पत्ती विवरण लगायत सम्पुर्ण विषयमा अध्ययन सम्पन्न गरेपछि सो को आधारमा विश्वविद्यालय छनौट गर्ने गरेको छ । त्रिविका उपकुलपति खनियाले त्रिविको विगतको विषय अध्ययन गरी छनौट गरेको हुनसक्ने बताउनुभयो ।