अमर यादव नेतृत्वको मधेश तराइ फोरम नेकपामा विलय, कांग्रेस र राजपाका नेताले पनि दल त्यागे

0
Shares

काठमाडौँ । अमर यादव नेतृत्वको मधेश तराइ फोरम नेकपामा विलय भएको छ । आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश तराइ फोरम नेकपामा विलय गराउँदै उसका नेता कार्यकर्तालाइ नेकपामा टीका र माला लगाएर स्वागत गरे ।

यता नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाविरूद्ध बोल्न प्रतिबन्ध लागेको भोलिप्टै एक जना मेयर नेकपामा प्रवेश गरेका छन । रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन ।

नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा अध्यक्ष प्रचण्डको हातबाट टीका थापेर मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको मध्यस्ततामा मेयर मेहता नेकपामा प्रवेश गरेका हुन । उनले अब नेकपाको राष्ट्रिय समृद्धिको यात्रमा हरतरहले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन । त्यस्तै मंगलबार नै राजपावाट रौतहट(३ का उम्मेद्वार रहेका ओमप्रकाश जयसवाल पनि नेकपामा प्रवेश गरको छन ।

उनी पनि प्रचण्डको हातबाट टिका लगाएर नेकपा प्रवेश गरेका हुन । जयसवालले राजपाले क्षत्रीयतावादी सोच त्याग्न नसकेका कारण आफू नेकपामा समाहित भएको बताएका छन ।