फेरि १० म्यानपावर खारेज

0
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ । समयमा नविकरण नगर्ने र पटक–पटक गल्ती गर्ने म्यानपावर कम्पनी खारेज गरिएको विभागले जनाएको छ ।

खारेजीमा परेका १० वटा म्यानपावर कम्पनीको नाम विभागले मंगलबार सार्वजनिक गरेको हो । खारेजीमा पर्ने म्यानपावर कम्पनीमा इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस र प्रिसाइस इन्टरनेशनल प्रालि रहेका छन् ।

यस्तै, इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रसिद्ध ओभरसिज प्रालि, वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि पनि खारेजीमा परेका विभागले जानकारी दिएको छ । केहि दिनअघि मात्र विभागले यस्तै प्रकृतिका एक सय ७० बढी म्यानपावर कम्पनी खारेज गरेको थियो ।