रंगशाला निर्माणका लागि दुबईको कार्यक्रमबाट २२ लाख संकलन

0
Shares

धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि दुबईबाट २० लाख सहयोग संकलन भएको छ। दुबईमा आयोजित धुर्मुस सुन्तली सा“झ २०७६ बाट उक्त रकम संकलन भएको फाउन्डेसनले जनाएको छ।

चितवन समाज दुबईको संयोजन तथा विभिन्न संघसंस्थाको आयोजनामा सम्पन्न धुर्मुस सुन्तली सा“झ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ। फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी गराए।

‘कार्यक्रमबाट २० लाख र गायक प्रकाश पौडेल दाइले राख्नुभएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपिया“ सहयोग प्राप्त भएकामा निकै हर्षित छौं।’ –सीतारामले भने।

कार्यक्रममा धुर्मुस सुन्तलीले हास्यप्रस्तुती दिएका थिए भने गायिका मेलिना राई, गायक पुष्पन प्रधानलगायतका कलाकारले समेत प्रस्तुती दिएका थिए।