एक्सनमा कप्स

0
Shares

कुशल अभिनेता तथा रंगकर्मी सम्राट सापकोटाको निर्देशनमा निर्माणाधीन फिल्म कप्सको अफिसियल ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

अनुपविक्रम शाही अभिनीत फिल्मको ट्रेलर एक्सनले भरिएको छ। आगामी जेठ १७ गते अल नेपाल रिलिज हुने एक्सन तथा लभस्टोरीको फिल्मको ट्रेलरमा अनुपविक्रम शाही प्रहरी नायब उपरीक्षकको भूमिकामा देखिएका छन्। उनी डीएसपी अमन सिंहको भूमिकामा देखिएका छन्। प्रायः खलपात्रको भूमिकामा देखि“दै आएका अनुप यसमा भने एक सच्चा प्रहरी अफिसरका रूपमा छन्। सत्य सेवा सुरक्षणम् नारा बोकेको फिल्ममा अपहरणकारी, भ्रष्टाचारी, गुण्डागर्दीविरुद्ध अनुपलाई उतारिएको ट्रेलरमा देखिन्छ।

अभिनेता तथा रंगकर्मी सम्राट सापकोटाको यो डेब्यु निर्देशनको फिल्म हो। ३ दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन्। अनुपस“गै फिल्ममा सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लुविक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतले अभिनय गरेका छन्। आर्या मुभिज र साराश्री मुभिजको संयुक्त ब्यानरमा राम शाक्यले निर्माण गरेको फिल्ममा लेखन निर्देशक सापकोटाकै रहेको छ भने विजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, सुसन प्रजापतिको छायांकन र बिपीन मल्लको सम्पादन रहेको छ।